२८ आश्विन २०८३, बुधबार

अमेरिकी विदेश मन्त्री केरी बुधबार भारत भ्रमणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kerry-japan

रामस्टिन एयर बेस (जर्मनी), १४ साउन । अमेरिकी विदेशमन्त्री जोन केरी बुधबार भारत जान लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

करिब १० वर्ष लामो भारतीय काँग्रेस नेतृत्वको सरकारपछि हालैमात्र भारतमा भारतीय जनता पार्टीको सरकार निर्माण भएको छ ।

सो नयाँ सरकारपछि पहिलो पटक अमेरिकाकी उच्च अधिकारीको यो भ्रमण हुन लागेको समाचारमा जनाइएको छ ।

भारतमा गत जुन महिनामा भएको निर्वाचनताका अमेरिका र भारतका बीचमा खासै राम्रो सम्बन्ध रहेको थिएन ।

भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार निर्माण भएपछि पहिलो पटक सम्बन्ध विस्तारका लागि भन्दै अमेरिकी विदेश मन्त्रीको यो भ्रमण हुन लागेको हो ।

पछिल्लो समयमा भारत र अमेरिकाबीचको सम्बन्धमा तीतोपना देखिएको छ । गतवर्ष एकजना भारतीय कूटनीतिज्ञलाई अमेरिकाले पक्राउ गरेपछि यी दुई देशको सम्बन्धमा केही तिक्तता देखिएको हो ।
यो हाम्रो बीचको सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसर हो विदेशमन्त्री केरीले बताउनुभयो । उहाँको यस भ्रमणले भारत अमेरिका सम्बन्धलाई नयाँ रुपमा परिभाषित गर्न सघाउने धारणा पनि राख्नुभयो ।

यी दुई देशले व्यापार अभिबृद्धि तथा जलवायु परिवर्तनसम्बन्धी कामका लागि सहकार्य गर्ने जनाएका छन् । यी दुई एजेन्डामा एक भएर कामगर्ने योजना उनीहरुको रही आएको छ ।

उहाँले बिहीबार भारतीय नेताहरुसँग भेटघाट गर्नुहुने छ । त्यसैगरी शुक्रबारमात्र उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । रासस÷एएफपी