ट्रिपोली, १४ साउन । लिबियाको राजधानी सहर ट्रिपोलीमा मङ्गलबार लिबियाली पूर्व उपप्रधानमन्त्री मुस्ताफा अबु सागोरको अज्ञात बन्दुकधारीले अपहरण गरेका छन् ।
सो समाचार त्यहाँको एक सांसद सदस्यले पुष्टि गरेका छन् । अबु सागोरलाई उनकै घरनजिकैको अल आन्डालुस् क्षेत्रबाट मङ्गलबार अपरान्ह अज्ञात बन्दुकधारीले अपहरण गरेर अज्ञात स्थलतर्फ लगेको बताइएको छ ।
यस अपहरणको कारण भने खुलेको छैन । सो अपहरणमा कुन आतङ्ककारी समूहको हात रहेको छ भन्ने बारेमा प्रष्ट नभएको जनाइएको छ ।
लिबियामा सन् २०११ मा त्यहाँका तत्कालिन शासक मोआमर गद्दाफीको पतनपछि गठन भएको अन्तरिम सरकारमा अबु सागोर उप प्रधानमन्त्री पदमा निवार्चित हुनुभएको थियो ।
त्यस बखत उहाँ नयाँ प्रतिनिधिसभाको सांसदमा पनि निर्वाचित हुनुका भएको थियो ।
लिबियामा गत १३ जुलाईदेखि सरकारी सेना र इस्लामिक सशस्त्र विद्रोहीबीच जारी द्वन्द्वमा कम्तीमा ९७ व्यक्तिको मृत्यु भईसकेको छ । रासस/सिन्ह्वा














प्रतिक्रिया