काठमाडौं, १३ साउन । त्रिभुवन विश्वविद्यालयबाट संगीतमा स्नाकोत्तर गरिरहेका पूर्वेली गायक ध्रुब डिवान गायकका रुपमा उदाएका छन् ।
उनले आफ्नो पहिलो एल्बम ‘अब’ केही दिनमै बजारमा ल्याउने तयारी गरेका छन् । लोकलयमा आधारित ‘व्लूज रक’ शैलीका गीत समावेश गरिएको उक्त एल्वममा ६ वटा गीत रहेका छन् ।
उक्त एल्वममा रहेका चार वटा गित डिवान आफैले रचना गरेका हुन् । अन्य दुई वटा गित भने वरिष्ठ गितकार रमेश अधिकारी र गितकार लक्ष्मी खड्काले रचना गरेका छन् ।
उक्त एल्वममा ‘सुसुराली घर’ ‘मारेकी छे’ ‘मेरो लामो–लामो कपाल’ लगायतका गित रहेका छन् । सुसुराली घर’ गीतमा डिवान आफैले मोडलिङ गरेका छन् । उनलाई उक्त गितमा कन्ट्रयाक शूटरको रुपमा देख्न सकिन्छ ।
उनले एल्वममा रहेका केही गीतको म्युजिक भिडियो बनाउने तयारीसमेत गरेका छन् । एल्वमका सबै गीतमा डिवान आफैले संगीत दिएका हुन् । उनले भदौको पहिलो हप्तासम्ममा एल्वम विमोचन गर्ने तयारी गरेका छन् ।
उनका गितले एल्वम विमोचन अघि नै चर्चा कमाएका छन् । ‘अहिले टेलिभिजन, एफएम, अनलाईनलगायतका सञ्चार माध्ययमहरुमा मेरो गितको राम्रो चर्चा भएको छ,’ डिवानले भने, ‘एक दिनमै दश हजार बढीले ‘युट्युव’मा सेयर गरेका छन् ।’














प्रतिक्रिया