२८ आश्विन २०८३, बुधबार

एक किलोग्राम सुनसहित प्रहरी जवान पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pppppp

कपिलवस्तु, १३ साउन । नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवानको घरबाट मंगलवार एक किलोग्राम सुन बरामद भएको छ ।

कपिलवस्तुको बुढ्ढी गाविस वडा नं.१ घर भएका प्रहरी जवान भागीराम थारुको घरबाट प्रहरीले उक्त परिमाणमो सुन बरामद गरेको हो ।

प्रहरी परिसर काठमाडौं मातहतमा कार्यरत प्रहरी जवानको घर नजिकै शौचालयनेर गाडेर राखेको अवस्थामा सुन बरामद गरेको हो । उनको घरमा प्रहरी परिसर काठमार्डौं र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले छापा मारेको थियो ।

बरामद भएको सुन प्रहरी परिसर काठमाडौं लगिएको प्रहरीले जनाएको छ । सुन लुकाएर राख्ने प्रहरी जवान थारु हाल काठमाडौं प्रहरीको नियन्त्रणमा रहेका छन् ।