इस्लामाबाद, १३ साउन । पाकिस्तानको उत्तरपश्चिमी आदिवासी क्षेत्र लोवेर दिरमाअवस्थित एक सांसदको घरमा भएको गोली प्रहार गरी बन्दुकधारीले छ जना व्यक्तिको हत्या गरेका छन् ।
सो गोली प्रहारमा दुई प्रहरीसहित छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
स्थानीय टेलिभिजन च्यानल जिओका अनुसार खैबर पाख्तुनख्वा प्रान्तको लोवेर दिरको चाक्दारा इलाकामा रहेको प्रान्तीय सभा सांसद (एमपीए) को घरमा अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए ।
सो आक्रमणमा परी कम्तीमा पनि छ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
सो आक्रमणको भएकोे अवस्थामा साँसद भने घरमा नभएका जनाइएको छ । तर आक्रमणबाट उनका भाई, दुइ प्रहरी र तीनजना उहाँका सुरक्षा गार्डको मृत्यु भएको जनाइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यो आक्रमण मुस्लिम समूदायका व्यक्तिहरुले महान चाड इद मनाइरहेको अवस्थामा भएको जनाइएको छ । रासस/सिन्ह्वा














प्रतिक्रिया