वीरगञ्ज, १३ साउन । प्रहरीले २ सय ३९ ग्राम अवैध सुनसहित वीरगन्जबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालको लक्ष्मणगढ जिल्ला निवासी २८ वर्षीय कन्हैया बर्मा रहेका छन् ।
उनलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी सुन जुत्ताभित्र लुकाएर रक्सौलतर्फ जाँदै गरेका थिए ।
त्यही बेला वीरगन्जको शङ्कराचार्य गेट नजिकैबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।














प्रतिक्रिया