काठमाडौँ, १३ साउन । इजरायल र प्यालेष्टायनी समूह हमासबीच चर्केको पछिल्लो संघर्षमा गाजामा आठ बच्चासहित दश जना मारिएका छन् ।
बच्चाहरु खेल्ने एक चौरमा रकेट खसालिँदा उनीहरु मारिएका हुन् ।
उक्त रकेट हमासतर्फको भएको दावी इजरायली सेनाले गरेको छ ।
प्यालेष्टायनी अधिकारीहरुले भने इजरायलले गाजाको सबैभन्दा ठूलो मानिने शीफा अस्पतालमा आक्रमण गरेको बताएका छन् ।
सोमवार आफ्ना पाँच सैनिक र हमासका पाँच लडाकू मारिएको दावी इजरायलले गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामाथिको आक्रमण अझै लम्बिने भन्दै आफ्ना नागरिक र सैनिकको रक्षाका लागि जस्तोसुकै कदम पनि चालिने चेतावनी दिएका छन् । एजेन्सी














प्रतिक्रिया