मोडलिङमा करिअर बनाउँदै गरेकी हट मोडेल हुन्, सालु गौतम । झण्डै चार बर्ष पोर्चुगल बसेकी तनहुँकी सालु नेपाल फर्कनासाथ आफ्ना पुरानो शोख पूरा गर्न तिर लागिन् । त्यो थियो, म्युजिक भिडियोमा खेल्ने इच्छा । छुट्टीको सिलसिलमा नेपाल आएको बेला उनको पहिलो इच्छा पूरा भयो । अझ त्यसमा पनि नेपाल हास्य क्षेत्रमा नाम कमाएका धुर्मुस सिताराम कट्टेलद्वारा निर्देशित प्रमोद खरेलको गीतमा उनले अभिनय गर्ने मौका पाइन् । “कन्ट्रोल हुँदैन” बोलको उनको गीतको भिडियो अहिले झण्डै एक लाख मानिसले युटियूबमा हेरिसकेका छन् ।
उत्पादनमुलक ब्राण्डको विज्ञापनमा मोडेलको रुपमा फोटो सेसनमा सरिक सालुको अहिले अर्को इच्छा पूरा भएको छ, त्यो हो गायिका बन्ने । सोमबारबाट उनको अर्को परिचय थपिएको छ । नेपाली दिदीबहिनीहरु साउने सोमबारको व्रतमा व्यस्त रहेको बेलामा सालु भने दिनभर बानेश्वरको स्टूडियोमा व्यस्त थिइन् । भन्छिन्- ‘ व्रतमा मलाई विश्वास छैन, तर धर्ममा आस्था भने छ, म कामलाई नै व्रतको रुपमा मान्ने गर्दछुू ।’
काठमाडौंको बानेश्वरस्थित सुत्र स्टूडियोमा उनले आफ्नै संगीतमा गीत रेकर्ड गराएकी छिन्, यसरी:
‘लौ हेर म नाच्छु कसरी
आउ सिक रमाउन यसरी,
तिमी हेर म नाचेँ कसरी
भाँचे है कम्मर यसरी ।’
आफ्नै शब्दमा रहेको उनको यो गीतलाई एरेन्ज गरेका छन्, रिकेश गुरुङले । पहिलेदेखि नै मनमा कण्ठित रहर यो गीत गाएपछि पूरा भएको सालु बताउँछिन् । निकट भविष्यमा नेपाली सांगीतिक क्षेत्रमा सालु गौतमको गीत गुन्जने छन् । करिब एक महिनामै नै यसको भिडियो बजारमा ल्याउने सालुको लक्ष्य छ ।
२४ बर्ष उमेर बताउने सालु बेली डान्समा पोख्त छिन् । उनको साहित्यमा पनि उत्तिकै रुचि छ ।
















प्रतिक्रिया