२८ आश्विन २०८३, बुधबार

सामसुङ ग्यालेक्सी ‘ग्रान्ड टु’ थप दुई कलरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsungकाठमाडौं, १२ साउन । सामसुङ ग्यालेक्सी ‘ग्रान्ड टु’ अब थप दुई कलरमा पनि पाइने भएको छ ।

नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएसले इलेक्ट्रिक ब्लू र कपर गोल्ड कलरमा पनि ‘ग्रान्ड टू’ नेपाली बजारमा ल्याएको हो ।

नेपाली बजारमा ‘ग्रान्ड टु’ को मूल्य ३० हजार ९ सय रुपैयाँ रहेको छ । १.२ गीगाहर्ज प्रोसेसर, एन्ड्रोइड जेलिबिन अपरेटिङ सिष्टम, १.५ जीबी र्‍याम लगायतका फिचरहरु ग्रान्ड टुमा रहेका छन् । ग्रान्ड टु पछाडी ८ मेगापिक्सेल क्यामेरा रहेको छ भने अगाडी १.९ मेगापिक्सेल क्यामेरा रहेको छ । जसले गर्दा उच्च गुणस्तरको फोटो खिच्न सकिने बताइएको छ ।

यो स्मार्टफोन सामसुङको मध्यम स्तरको स्मार्टफोन हो । यसमा २ वटा सिम प्रयोग गर्न सकिन्छ ।