२८ आश्विन २०८३, बुधबार

सुनको मुल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, १२ साउन । सुनको मुल्य सोमबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मुल्य तोलाको ५३ हजार ४ सय रुपैयाँ छ । तेजाबी सुनको मुल्य तोलामा सय रुपैयाँ घटेर ५३ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको थियो ।

सुनचाँदीको भाउमा उतार चढाव आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य सोमबार ८ रुपैयाँले घटेको छ । सोमबार चाँदी तोलाको ८ सय २० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी तोला १३ रुपैयाँले बढेको थियो ।