२८ आश्विन २०८३, बुधबार

नेपाल वायुसेवाद्वारा भैरहवामा उडान थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-air-plane

काठमाडौं, साउन १२ ।  नेपाल वायुसेवा निगमले भैरहवामा उडान थप गरेको छ ।

निगमले यही श्रावण १४ गते बुधवार देखि काठमाडौं–भैरहवा–काठमाडौंको हप्ताको ६ दिन नियमित उडान गर्ने भएको हो ।

हाल हप्ताको एकदिन आइतवार बाहेक अरु ६ दिन उडान गर्ने कार्यतालिका निर्धारण गरिएको निगमले जानकारी गराएको हो । यस अघि हप्ताको दुइदिन बुधबार र शनिवार उडान गर्दै आएको थियो ।