काठमाडौँ, ११ साउन । साताको पहिलो दिन नेप्से परिसूचक पाँच अंकले घटेको छ । कारोबारबाट १६ ब्रोकर कम्पनी आउट हुँदा आइतवार कारोबार रकम पनि घट्यो । आइतवार ५६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका मध्ये बिकास बैंक र वित्त कम्पनी बाहेक सबै समूहको परिसूचक घटेको छ । एक सय ४४ कम्पनीको सेयर कारोबार ४० वटा कम्पनीको मूल्य घट्यो ।
बिकास बैंक र वीत्त समूहका कम्पनीहरुको मूल्यमा सुधार भएको छ ।
सिनर्जी फाइनान्स, सिन्धु बिकास बैंक,मेट्रो बिकास बैंक, गुहेश्वरी फाइनन्स, टुरिज्म डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, प्रिमियर फाइनान्स, नेपाल फाइनान्स, झिम्मरुक बिकास, प्रोफेशनल दियालो लगायतको सेयर मूल्य नौं देखि १० प्रतिशतले बढेको छ ।














प्रतिक्रिया