काठमाडौँ, ११ साउन । राजधानीका सडकको हरिविजोग कसैलाई भन्नै पर्दैन ।
जो–कोही काठमाडौँ आउनेले र यहाँ बसोबास गर्नेले प्रत्यक्ष अनुभव गर्न सक्छन् । त्यति मात्र होइन बर्षाका बेला पैदलयात्रीले गाडीवालबाट दिनहुँ हिलो छ्यापी माग्नु सामान्य बनेको छ ।
सडक छेउमा घर हुनेहरुको पीढा अझ खपिनसक्नुको छ । त्यति हुँदाहुँदै पनि सहनु पर्ने वाध्यता आम काठमाडौँबासीको बनिरहेका बेला काठमाडौं बनस्थलीवासीले भने सडकमै उत्रिएर विरोध जनाएका छन् ।
उनीहरुले अजिमा हलसँगै रहेको सिद्धिचरण मार्गस्थित सडकमा रोपाई गरेर विरोध जनाएका हुन्।
गत वर्षको जेठमा बाटो बिस्तार गर्ने क्रममा भत्किएको सडक मर्मत गराउन बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको भन्दै स्थानीयवासी सडकमा धान रोपेर विरोधमा गरेपछि आइतवार त्यहाँको दृष्य हेर्न लायकको बन्यो ।
बनस्थली चोकदेखि भगवान पाउँसम्मको १४ सय मिटर सडक मर्मत गर्ने क्रममा सिद्धीचरण मार्गस्थित ६ सय मिटर सडक भने त्यतिकै छाडिएको स्थानीयको भनाई छ ।
सडकमा ढल खनेर मर्मत नगरिकनै छाडिएकाले सर्वसाधरण निकै कष्टकासाथ यात्रा गर्न बाध्य छन् । त्यसैको आक्रोस वनस्थलीका जनताले पोखेको बताए ।














प्रतिक्रिया