२८ आश्विन २०८३, बुधबार

संगमलाई दोहारो स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

6काठमाडौं, ११ साउन । संगम पाख्रिनले उपत्यकाव्यापी विद्यालयस्तरीय विशेष एथलेटिक्स प्रतियोगितामा शनिबार दोहोरो स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा संगमले सुस्त श्रवणतर्फ छात्रको २ सय मिटर दौड र सट्पुटमा स्वर्ण जिते । दौडमा अजय कर्ण दोश्रो र सन्जिव श्रेष्ठ तेश्रो भए ।

सट्पुटमा सन्जित श्रेष्ठ दोश्रो र भरत रोकाया तेश्रो बने ।सट्पुटको छात्रामा लक्ष्मी महर्जन पहिलो, बन्दना तिवारी दोश्रो र रिना नगरकोटी तेश्रो भए ।
नेपाल पारा एथलेटिक्स संघद्वारा आयोजित प्रतियोगिताको सुस्त श्रवणतर्फ छात्राको ४ सय मिटर दौडमा रिना नगरकोटी पहिलो, लक्ष्मी महर्जन दोश्रो र रिङकी कुमारी महतो तेश्रो भए ।शारीरिक अपाङ्गगातर्फ खुट्टाको समस्या भएका छात्राको १ सय मिटर दौडमा लक्ष्मी विकले स्वर्ण, निरमाया तामाङले रजत तथा अन्जु बस्नेतले कांस्य जिते ।
आंशिक दृष्टिविहीनको छात्र १ सयमिटर दौडमा आनन्द पाण्डे पहिलो, सागर लामा दोश्रो र फुर्णिमा शेर्पा तेश्रो भए ।

छात्राको १सयमिटर ह्व्लिचेयरमा विमला लामा पहिलो, मनमाया पुरी दोश्रो तथा अम्रिका राई तेश्रो भए । उक्त स्पर्धाको छात्रमा रोहितकुमार श्रेष्ठपहिलो, नविन भण्डारी दोश्रो र राकेश ग्वाछा तेश्रो बने ।

सुस्तश्रवणको छात्र ४ सय मिटर दौडमा अजय कर्ण पहिलो, विमल लामिछाने दोश्रो तथा राधेश्याम नगरकोटी तेश्रो भए । सुस्तश्रवणको छात्रा २ सय मिटर दौडमा लक्ष्मी महर्जन पहिलो, रिना नगरकोटी दोश्रो तथा रिङकीकुमारी महतो तेश्रो स्थानमा रहे ।

पूर्ण दृष्टिविहीनको छात्रा १ सय मिटर दौडमा सनिता भट्टराई पहिलो, रोजिना पोखरेल दोश्रो र सरिता अर्याल तेश्रो भए । सोही स्पर्धाको छात्रमा कुशल न्यौपाने पहिलो, प्रकाश पाण्डे दोश्रो तथा मनोज भट्ट तेश्रो भए ।

शारीरिक अपाङ्गको एक वैशाखी लिएर छात्रको १ सय मिटर दौड मानौले सहकारी पहिलो, युवक लामा दोश्रो र विशाल तामाङ तेश्रो भए ।
आंशिक दृष्टिविहीनको छात्रा १ सय मिटर दौडमा पारु रिजाल पहिलो, इनु श्रेष्ठ दोश्रो र सविना कँडेल तेश्रो भए ।

विजेतालाई युवातथा खेलकुदमन्त्रालयका सह–सचिव चूडामणि पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव कुमार पौडेल, आयोजक संघका अध्यक्ष विजय बजिमाया, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

एकदिने प्रतियोगितामा शारीरिक अपाङ्गतर्फ ८ तथा दृष्टिविहीन र बहिरातर्फ ६–६ गरी विभिन्न २० स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेकाथिए । प्रत्येक स्पर्धामाशीर्ष तीन स्थानहातपार्ने खेलाडीले क्रमशः १ हजार, ७ सय र ५ सय नगद पुरस्कार प्राप्त गरे ।