२८ आश्विन २०८३, बुधबार

सुन तस्करको नयाँ जुक्ति : तस्करीमा विद्यार्थीको प्रयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

जनकपुरधाम, १० साउन । सुन तस्करहरुले सुन तस्करीमा विद्यार्थीहरुलाई समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

सुन तस्करीमा संलग्न काठमाडौँको किंस कलेज बिबिएमा अध्ययनरत खम्बिर रौल्यालाई जनकपुर प्रहरीले सुनसहित पक्राउ गरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीको विशेष टोलीले गोप्य सुराकीका आधारमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको ना४ख ६०९८ नम्बरको न्यू कोसी सुपर यातायात बसमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहा खण्डमा रौल्यालाई खानतलासी गर्दा सुन १० टुक्रासहित पक्राउ गरिएको हो ।

बझाङ मेलविसौनी गाविस–४ का २१ वर्षीय रौल्याबाट बरामद गरिएको सुनको मूल्य चार करोड ८० लाख पर्ने बताइएको छ ।

रौल्याले यसअघि दुईपटक सुन तस्करीको कार्य गरेको जिल्ला प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताउनुभयो ।

जुत्ता, शरीर र मदिराको खोलमा राखेको अवस्थामा रौल्याबाट सुनसहित १० हजार नगद र मोबाइल थान एकसमेत बरामद गरिएको छ ।