बेरुत, १० साउन । इस्लामिक स्टेट ग्रुपसँग सम्बन्धित मुस्लिम जिहादी सशस्त्र समूहले सोमबार ५० जना सिरियाली सैनिकको हत्या गरेको छ ।
उनीहरुले सिरियाली सैनकको समूहलाई लक्ष्यगरी थापेको विद्युतीय धराप एम्बुसमा पारी ती सैनिकको हत्या गरेका बताइएको छ ।
सिरियाका राक्वा प्रान्तमा गस्तीमा रहेका सिरियाली सैनिकलाई लक्ष्य गरी सो समूहले एम्बुस थापेको बताइएको छ ।
प्राप्त समाचारमा शुक्रबार नै सरकारी सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७४ जना विद्रोही मारिएका थिए ।
सोही बदलास्वरुप ती जिहादी विद्रोहीले शुक्रबार साँझ सैनिकलाई यसरी एम्बुसमा पारेका थिए । एम्बुसमा परेर मारिने सैनिक अझै धेरै रहेको अनुमान गरिएको छ ।
ती जिहादीहरुले भने एम्बुमा परी मारिने सैनिकको सङ्रख्या कम्तीमा पनि ७५ रहेको जनाएका छन् । उनीहरुले अरु कयौं सैनिक घाइते भएका पनि बताइएको छ ।
सिरियामा तीन वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी कम्तीमा पनि एक लाख ७० हजार नागरिकको ज्यान गइसकेको छ ।
त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको मागगरी सुरु भएको सो आन्दोलनले हिंसात्मक रुप लिएपछि त्यति धेरै नागरिक मारिएका हुन् । एएफपी














प्रतिक्रिया