२८ आश्विन २०८३, बुधबार

सुनको भाउ सातामा प्रतितोला ६ सय रुपैयाँले ओरालो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, १० साउन । सुनको भाउ गत साता स्थानीय बजारमा प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

आइतवार ५३ हजार ६ सय रुपैयाँमा किनबेच भएको प्रतितोला सुन साताको अन्तिम दिन शुक्रवार ५३ हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।

साताको दोस्रो दिन भाउ स्थिर रहेपनि तेस्रो दिन मङ्गलवार र बुधबार सामान्य ओरालो झरेको थियो । बिहीबार तोलामा २ सय रुपैयाँ घटेको थियो ।

अन्तरराष्ट्रिय बस्तु बजारमा सुन प्रतिऔंस साताको अन्तिम दिन १ हजार ३ सय ८ दशमलव ३० डलरमा किनबेच भएको छ ।

गत साता चाँदी २० रूपैंयाले घटेर शुक्रवार प्रतितोला ८ सय १५ रुपैयाँमा किनबेच भयो ।