काठमाडौँ, ९ साउन । शेयर बजार परिसूचक नेप्से ३३ दशमलव २० अङ्कले बढेको छ ।
तीन दिन उच्च अङ्कले बढेको परिसूचक दुई दिन भने सामान्य अङ्कले घटेको थियो ।
साताको पहिलो दिन आइतबार नेप्से उच्च अङ्कले बढेको थियो । मङ्गलबार र बुधबार भने परिसूचक थोरै अङ्कले घटेको थियो ।
अघिल्लो साता उच्च अङ्कले बढेपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि नेप्सेमा करेक्शन देखिएको हो ।
अघिल्लो साताको अन्तिम दिन १ हजार ४५ दशमलव ८९ विन्दुमा रहेको नेप्से परिसूचक साताभर ३३ दशमलव २० अङ्कले बढेर परिसूचक १ हजार ७९ दशमलव शून्य ९ विन्दुमा पुगेको छ ।
सो अवधीमा शेयर बजार परिसूचक दैनिक औसत ६ दशमलव ६४ अङ्कका दरले बढेको छ ।
गत साता व्यापारमा आएका समूहमध्ये अधिकांश परिसूचक बढेको छ ।
जसमध्ये विकास तथा होटल समूहको परिसूचक सबैभन्दा उच्च अङ्कले बढ्यो । त्यसैगरी बैङ्किङ र वित्त कम्पनीको परिसूचक थोरै अङ्कले बढ्यो ।
अघिल्लो साता उच्च अङ्कले बढेको जलविद्युत तथा बीमा समूहको परिसूचक भने गत साता सोही अनुपातले घट्यो । ‘अन्य’ समूहको परिसूचक भने थोरै अङ्कले घटेको छ ।














प्रतिक्रिया