काठमाडौं, ९ असार । नेपालमा पहिलोपटक कर्पोरेट इण्डोर क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कतार एयरवेजको मुख्य प्रायोजनमा रेड चेरी स्पोर्ट्स म्यानेजमेण्टले यो प्रतियोगिता गर्न लागेको हो ।
गोल्फुटारस्थित रोयल इण्डोर क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी बुधवारबाट शुरु हुने छ ।
प्रतियोगितामा कुल १२ टोली सहभागी हुने छन् । साउन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई समूहमा टोली विभाजन गरीएको छ ।
समूह चरणमा कुल ३० खेल सञ्चालन गर्ने हुने छन् । त्यसबाहेक सेमिफाइनलअन्तर्गत दुई तथा एक फाइनल गरी कुल ३३ खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितमा कतार एयरवेज, ¥याडिसन होटल, म्याक्स मिडिया, एनसेल, सिभिल बैङ्क, एनआईसी एशिया बैङ्क, जनता बैङ्क, एपेक्स डेभलपमेण्ट बैङ्क, यती होलिडेज, नेपाल खेलकुद पत्रकार मञ्च, लाष्ट डोर सलुशन र युनिसेफले भाग लिएका छन् ।
प्रतियोगितालाई रियल डाबर नेपाल, ¥याडिसन होटल र म्याक्स मिडियाले पनि सहयोग गरेका छन् ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रममा जानकारी गराइयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर तथा ब्याट्सम्यानले पनि ट्रफी, प्रमाणपत्रका साथमा ५ स्टार गिप्mट प्याकेज प्राप्त गर्ने बताइएको छ ।














प्रतिक्रिया