२८ आश्विन २०८३, बुधबार

१ सय १० यात्रुसहित चालक दलका ६ सदस्य सवार विमान बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

planeकाठमाडौं, ७ साउन । बुर्किना फासोको क्वागाडोउगोउबाट राजधानी अल्जियर्सका लागि उडेको अल्जेरियाको राष्ट्रिय ध्वजाबाहक एअर अल्जेरियाको ‘एएच ५०१७’ विमान बेपत्ता भएको छ । विमानमा १ सय १० यात्रुसहित चालक दलका ६ सदस्य सवार थिए ।

विमान उडान भरेको ५० मिनेटमै सम्पर्कविहीन भएको अल्जेरियाको सरकारी समाचार एजेन्सीले जनाएको छ । विमान बेपत्ता भएलगत्तै एअर अल्जेरियाले आपत योजना लागू गर्दै स्पेनिस एअरलाइन्स स्विफ्टलाई भाडामा लिएर विमानको खोजीमा लागेको छ ।

जानकारी अनुसार विमान फ्रान्सका ५० यात्रु थिए । युस्तै बुर्किनाबेका २८, लण्डनका ८, अल्जेरियाका चार र लग्जबर्गका दुई यात्रु थिए । स्वीस, नोइजेरियन, क्यामरुन, युक्रेनियन र रोमानियन एक–एक थिए ।

स्विस एयरले विज्ञप्ति जारी गरी हराइरहेको विमान एमडी ८३ भएको र सम्पर्क हुन नसकेको बताएको छ । विमान स्थानीय समयअनुसार बिहान पाँच बजेर दश मिनेट जाँदा अवतरण गर्नुपर्ने थियो । एजेन्सी