काठमाडौँ, ८ साउन । राष्ट्रिय खेलकुद संघ नेपाल र स्पोर्ट्स फर अल क्लबको संयुक्त आयोजनामा दोस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता इलाममा हुने भएको छ ।
प्रतियोगिता आगामी असोज २४ देखि ३१ गतेसम्म इलामको फिक्कलस्थित करफोक उच्चमाध्यमिक विद्यालयको मैदानमा हुने दुवै आयोजकका अध्यक्ष रहनुभएको लोकबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १० पुरुष टोलीसहित भारत र भुटानका टोलीलाई पनि आमन्त्रण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार पाउनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि करिब रु १२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस














प्रतिक्रिया