२८ आश्विन २०८३, बुधबार

तराजुमा चुम्बक राखेर ठग्छन् व्यापारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhak-taraju

सोलुखुम्बु, ७ साउन । सामान जोख्ने ढक तराजुमा चुम्बक राखी नापतौलमा ठगी गर्ने सल्लेरी–५ वसन्त बजार निवासी चोजराज निरौलालाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दुई हजार रुपैंया जरिवाना गर्ने निणर्य गरेको छ ।

केही दिनअघि बजार अनुगमनका क्रममा निरौलाको पसलमा प्रयोग भएको ढक तराजुमा चुम्बक राखेर ठगी गरेको पाइएपछि अनुगमन टोलीले ढक तराजु जफत गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले सो ढक तराजु जफत गरी ठगी गर्ने निरौलालाई रु दुई हजार जरिवाना गर्ने निर्णय आज गरेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सदरमुकाममा अनुगमनलाई तीव्र बनाएको छ । अनुगमनका क्रममा हिजो पनि सदरमुकामका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब एक क्विन्टल सामान जफत गरी नष्ट गरिएको थियो ।