२८ आश्विन २०८३, बुधबार

पिस कोप्र्स अध्यक्षकिम नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं, ७ साउन । विश्व तेक्वान्दो पिस कोप्र्स फाउन्डेनसनका अध्यक्ष किवोङ किमको नेतृत्वमा ६ सदस्यीय टोली नेपाल आएका छन् ।

हाल नेपालको विभिन्न भागमा सञ्चालन हुने पिस कोप्र्स तालिमको निरीक्षण गर्न उक्त टोली सोमबार काठमाडौं आइपुगेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

टोलीमा फाउन्डेसनका बोर्ड मेम्बर डोङ चोल किम र जो हुआन किम तथा डेलिगेट्स योङ हा सोन, सुन चानकिम र नाखियुन किम रहेका छन् ।

पहिलो चरणको पिस कोप्र्स तालिम गत असार २४ देखि ३१ गतेसम्म चितवनमा सम्पन्न भइसकेको छ । अब पोखरा, रुपन्देही, मकवानपुर र पर्सामा उक्त तालिम हुनेछ ।

दुई दिन बसाइका क्रममा टोलीले उपराष्ट्रपति परमानन्द झा, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतलाई भेटेका थिए ।

उनीहरुले सातदोबाटोस्थित निर्माणाधिन तेक्वान्दो एकेडेमी भवनको पनि निरीक्षण गरे ।

साथै अध्यक्ष किमले तेक्वान्दो संघलाई १० हजार अमेरिकी डलर बराबरको खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् । प्रदान गरिएका सामाग्रीमा लेग गार्ड, हेड गार्ड, ह्यान्ड गार्ड, किक प्याड र ग्रोइन गार्ड छन् । टोली साउन ९ गते दक्षिण कोरिया फर्कने कार्यक्रम छ ।