२८ आश्विन २०८३, बुधबार

फिलिपिन्समा मुस्लिम विद्रोहीसहित १८ को ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Philippines_flag

कोटाबाटो फिलिपिन्स, ६ साउन । फिलिपिन्सको दक्षिणी इलाकामा फिलिपिन्स सैनिक र मुस्लिम विद्रोही समूहबीच सोमबार दिनभर भएको झडपमा १८ व्यक्तिको मृत्यु भएको छ । एकै दिनको हिंसामा १८ व्यक्ति मारिएको सैनिक स्रोतले मंगलबार जानकारी दिएको छ ।

सो झडपमा विद्रोही बाङ्गसोमोरो इस्लामिक फ्रिडम फाइटरस् ९बीआईएफएफ० का १७ व्यक्ति र एक सैनिकको मत्यु भएको सो स्रोतले जानकारी दिएको छ । दक्षिणी द्वीप मिन्डानाओमा सोमबार दिनभर सो झडप भएको उक्त क्षेत्रका सैनिक कमान्डर इडुआर्डो पान्गिलिनानले बताए ।

आक्रमणमा एक सैनिक र १७ विद्रोहीको मृत्यु भएको प्रारम्भिक जानकारी रहेको पान्गिलिनानले समाचारदाताहरुलाई बताए । मिन्डानाओ प्रान्तको सैनिक शिविरमा बीआईएफएफका गुरिल्लाले सोमबार दिनभरी आक्रमण गरेको बताइएको छ ।

क्षेत्रीय सामाजिक कल्याण एजेन्सीका अनुसार सोमबार दिनभर भएको यस आक्रमणमा कम्तीमा नौ सर्वसाधारणको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । बीआइएफएफ प्रमुख मुस्लिम विद्रोही समूह मोरो इस्लामिक लिबेरेसन फर्ट ९एमआएएलएफ०बाट सन् २००८ मा अलग्गिएको थियो । रासस–एएफपी