काठमाडौँ, ६ साउन । नेपाली क्रिकेटका कप्तान पारस खड्कासहितका २१ क्रिकेटर बन्द प्रशिक्षणमा बस्ने भएका छन् ।
असोज ४ देखि २० गतेसम्म दक्षिण कोरियामा हुने एशियन खेलुकदको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।
बन्द प्रशिक्षणमा क्रिकेटहरु ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र सोमपाल कामी रहने छन् ।
यस्तै मेहबुब आलम नरेश बुढायर, बसन्त रेग्मी, राहुल विक, प्रदिप ऐरी, जितेन्द्र मुखिया, भुवन कार्की, मंजित श्रेष्ठ, राजकुमार प्रधान, पुष्प थापा र रामनरेश गिरीलाई पनि बन्द प्रशिक्षणमा रहने छन् ।
यस्तै महिला टोलीका लागि पनि २१ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
जसमा रुविना क्षेत्री, ममता थापा, सरिता मगर, सीता राना मगर, करुणा भण्डारी, शोभा आले, रेखा रावल, कविता गौतम, काजल श्रेष्ठ, सोनु खड्का र अञ्जली चन्द छन् ।
यस्तै ममताकुमारी चौधरी, ज्योती पाण्डे, तिर्सना सिंह, सरस्वती चौधरी, नेरी थापा मगर, इन्दु शर्मा र विन्दु बुढा मगरलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।
काठमाडौमै हुने बन्द प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्सँग ३० लाख रुपैयाँ बजेट माग भएको बुझिएको छ ।














प्रतिक्रिया