२८ आश्विन २०८३, बुधबार

प्युठानमा पाँच करोड बराबरको नीति तथा कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pyuthan_districtप्युठान, ४ साउन । हालै घोषणा भएको प्युठान नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ का लागि झन्डै साढे पाँच करोड बराबरको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाले आफ्नो पहिलो नगर परिषद्मार्फत चालु तथा पुँजीगततर्फ पाँच करोड ३८ लाख २८ हजार बराबरको बजेट प्रस्ताव गरेको हो ।

पँजीगत अनुदानतर्फ चार करोड ७८ लाख २८ हजार र चालुतर्फ ६० लाख विनियोजन गरिएको छ ।

नगरको नगर परिषद्ले आफ्नो आन्तरिक आयतर्फ ९३ लाख ५७ हजार ६९१ अनुमान गरेको नगरकी निमित्त कार्यकारी अधिकृत उमाबिन्दु अर्याल पन्थीले बताए ।