
काठमाडौ, ३ साउन । अर्थमन्त्री डा. रामशरण महतले क्यासिनो सञ्चालकहरूले पुरानो कर बक्यौता र उचित कर नतिरेको भन्दै सरकारले बन्द गरेका क्यासिनोहरू तत्काल सञ्चालनमा आउने बताउनु भएको छ ।
युएनआईको चौथो सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै मन्त्री महतले यस्तो बताउनु भएको हो ।
कर्मचारीको रोजीरोटी जोगाउन सरकार क्यासिनो व्यवसायीसँग छिट्टै वार्ता गरी टुङ्गोमा पुग्ने उहाँले जानकारी दिनुभयो । करिब एक वर्षसम्म क्यासिनो सञ्चालन नभएका कारण १० हजारभन्दा बढी होटल मजदुरको काम प्रत्यक्ष रूपमा खोसिएको थियो ।
अर्थमन्त्री महतले जनताबाट निर्वाचित सरकारले जनताको अधिकारलाई कुल्चिएर अगाडि बढ्न नसक्ने भन्दै अस्थिर सरकारका कारण सामाजिक सुरक्षा ऐन निर्माणमा समेत केही ढिलाइ भएको बताउनु भयो ।
सरकारले क्यासिनो सञ्चालकहरूसँग करोडौं असुल गर्न बाँकी छ । तर, होटल व्यवसायीले क्यासिनो सञ्चालन गरेबापत कर बढी भएको भन्दै कर छुट हुनुपर्ने माग गरेका छन् ।













प्रतिक्रिया