२८ आश्विन २०८३, बुधबार

चीनको बेइजिङमा दुर्घटना, कम्तीमा ३८ व्यक्तिको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-newबेइजिङ, ३ साउन । चीनको मध्यभागमा शनिबार बिहान प्रज्वलनशील तरल पदार्थ बोकेको एक भ्यानले एक बसलाई ठक्कर दिँदा कम्तीमा ३८ व्यक्तिको मृत्यु भएको छ ।

हुनान प्रान्तको राजमार्गमा भएको उक्त दुर्घटनाका कारण आगलागी तथा विस्फोट भएको र त्यसका कारण पाँच गाडी नष्ट भएको जानकारी सिन्ह्वा समाचार संस्थाले दिएको छ ।

बिहान स्थानीय समय अनुसार ३ बजे भएको उक्त दुर्घटनामा अन्य पाँच व्यक्ति घाइते भएको बताइएको छ । बिहान ८ बजेसम्म आगो निभाइएको थियो ।

दुई तले उक्त बसको यात्रु क्षमता ५३ रहेको र बस पूर्वीय तटीय क्षेत्र फुजियानबाट दक्षिणपश्चिमी भाग गुइझाउतर्फ गइरहेको समयमा दुर्घटना भएको बताइएको छ ।

काममा सुरक्षा तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकारी तथा प्रहरी घटनास्थलमा अनुसन्धानका लागि गएको सिन्ह्वाले उल्लेख गरेको छ ।

चीनको यातायात मन्त्रालयले सन् २००३ मा मुलुकमा एक लाख चार हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएकोमा सन् २०१२ मा उक्त सङ्ख्या झरेर ६० हजार पुगेको जानकारी दिएको छ । यसो भए पनि सन् २०११ मा चिनियाँ तथा अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा वास्तवमा मर्ने व्यक्तिको सङ्ख्या सो अङ्कको दोब्बर भएको देखिएको छ । रासस/एएफपी