बेरुत २ साउन । सिरियाको होम प्रान्तमा ग्यासको खानी कब्जा गर्ने क्रममा कम्तीमा ९० जना सिरियाली शासकतर्फका लडाकु मारिएको मानवअधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।
राष्ट्रिय प्रतिरक्षा बल सदस्यहरू र सुरक्षा अधिकारीले सिरियाको होमस् प्रान्तमा साआरा ग्यास खानी कब्जा गर्ने क्रममा जिहादि धार्मिक कट्टरपन्थीद्धारा भएको आक्रमणमा ९० जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका निर्देशक रामी अब्दुल रहमानले जनाएका छन् ।
मारिनेमा २५ जना सर्वसाधारण कामदार रहेका रामीले एएफपी समाचार समितिलाई बताएका छन् । यस आक्रमणको रामीले निन्दा गरेका छन् । एएफपी














प्रतिक्रिया