२८ आश्विन २०८३, बुधबार

चार जिल्लाका ८१ ओटा सहकारी कारवाहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koshi
धनकुटा, २ साउन । डिभिजन सहकारी कार्यालय धनकुटाले कोशी अञ्चलका चार जिल्लामा सञ्चालित ८१ ओटा सहकारी संस्थाको दर्ता खारेजीका लागि प्रक्रिया अघि बढाएको छ । डिभिजन सहकारीले धनकुटा, तेह्रथुम, भोजपुर तथा संखुवासभा जिल्लामा सञ्चालनमा रहेका सहकारी खारेजीको प्रक्रिया अघि बढाएको हो ।
कारबाहीमा पर्ने संस्थामा आर्थिक पारदर्शीता नदेखाउने, समयमा साधारणसभा र अडिट नगर्ने, सहकारी नियमको बर्खिलाप गर्दे आफूखुशी चलेका र आर्थिक हिनामिनाको आरोप लागेका छन् ।

डिभिजन सहकारी कार्यलय धनकुटाले दिएको जानकारी अनुसार कारबाहीमा पर्नेमा धनकुटाका २०, भोजपुरका ३१, संखुवासभाका २४ र तेह्रथुम जिल्लामा सञ्चालित ११ ओटा उपभोक्ता सहकारी संस्था छन् । ती जिल्लामा आठ सय बढी सहकारी संस्था दर्ता भइ सञ्चालनमा छन् ।