२८ आश्विन २०८३, बुधबार

२९५ यात्रु बोकेको एमएच १७ बिमानमा रुस र युक्रेनको सीमाक्षेत्रमा खसालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aeroplane-crash-7

काठमाडौं, २ साउन । नेदरल्याण्डको आम्सट्रडमबाट २९५ यात्रु बोकेर क्वालालम्पुरतर्फ उडेको मलेसियन एयरलाइन्सको एमएच १७ बिमानमा रुस र युक्रेनको सीमाक्षेत्रमा मिसाइल हानी

खसालिएको छ । उक्त जहाजलाई बिहीबार रकेट प्रहार गरी खसालेको एको रुसी समाचार संस्था इन्टफ्याक्सले जनाएको छ ।

विमानमा हानिएको मिसाइल आक्रमणमा परी बिमानमा सवार सवै २ सय ९५ नै यात्रुको निधन भएको छ । मृतक २ सय ९५ यात्रुमध्ये एक सय ५४ जना नेदरल्याण्ड्सकै नागरिक परेका छन् । यस्तै २७ जना अष्ट्रेलियन र २३ जना मलेसियन नागरिकको मृत्यु भएको छ ।

क्रेनका गृहमन्त्रीले मिसाइल आक्रमणको घटनाको पुष्टी गर्दै‘आतंकबादीहरुले’ बिमान खसालेको बताएको छ । मलेसियाका प्रधानमन्त्री नजीव रज्जाकले घटनाबारे गहिरो दुख व्यक्त गर्दै मिसाइल आक्रमणको घटनालाई दुःखद वर्षको दुःखद दिनको संज्ञा दिएका छन् ।