काठमाडौं, २ साउन । दक्षिणकोरियाको मुजुमाभएको आठौं विश्व तेक्वान्दो एक्सपोकापदकविजेता नेपाली खेलाडी स्वदेश फर्किएकाछन् ।
आठ सदस्यीय टोली बुधबार अबेर राति स्वदेश फर्किएको हो । लैनचौरस्थित रक्षा तेक्वान्दो डोजाङका खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए ।
जुलाइ ४ देखि ९ तारिखसम्म भएको उक्त एक्सपोमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कांस्य जितेको थियो ।
स्वर्ण जित्ने खेलाडीमा पुम्से तर्फ बसन्ती बोहोरा, मिश्माकुमारी छन्त्याल र अशोक खड्का रहेका छन् । मिश्माले ३० केजी मुनि रजत तथा टिम प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका अशोकले ६८ केजी मुनि कांस्य पनि हात पारे । अशोक उत्कृष्ट प्रशिक्षकपनि घोषित भए ।
पुम्सेमा तेजबहादुर बुढाथोकी, सहदीप सापकोटा खत्री र इश्वरी थापाले रजत हात पारे । शिशिर लिम्बू ३० केजी मुनि दोश्रो भए भने पुम्सेमा तेश्रो स्थानमा रहे । पुम्सेमै कांस्य जित्ने अर्का खेलाडीमा विशाल गुरुङ हुन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, रक्षा तेक्वान्दो डोजाङकी अध्यक्ष मेणुका थापा र महासचिव दिनेश दाहाललगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
प्रशिक्षक अशोककाअनुसार एक्सपोमा विभिन्न २५ राष्ट्रका ५ सय भन्दा खेलाडीले सहभागिता जनाएका थिए ।













प्रतिक्रिया