२८ आश्विन २०८३, बुधबार

ऋचाको ’बर्थ डे’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

richa-sharma

नायिका ऋचा शर्माले अर्को बसन्त पार गरेकी छिन् । उमेर झण्डै ३० बर्षको अनुमान लगाएपनि आफनो उमेर भने ऋचाले खुलाउन चाहिनन् । पहिलो चलचित्र ‘फस्ट लभ’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका ऋचा र्शमा अहिले सम्म करिब आधा दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

झण्डै आधा दर्जन चलचित्रमा ऋचाले मुख्य भुमिकाको रुपमा अभिनय गरेपनि प्राय चलचित्रहरुले राम्रो व्यापार गर्न भने सकेनन् । त्यसैले एका एक उनको माग चलचित्रक्षेत्रबाट हराउन थालिसकेको छ ।

पछिल्लो समयमा उनको हातमा केहि चलचित्रहरु परेपनि यति बेला भने ऋचा फुर्सदमा रहेकी बताइएको छ ।