साउन १, काठमाडौं । विहीबार सुनको भाउ बढेर पुनः पहिलेको मुल्यमा आएको छ । बुधबार रू.५३ हजारमा किनबेच भएको सुनको भाउ विहीबार रू.३ सयले बढेर रू.५३ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
विहीबार अन्तरराष्ट्रिय बस्तु बजारमा सुन प्रतिऔंस १ हजार ३ सय ५ डलरमा किनबेच भएको छ । सोही दिन प्रतिअमेरिकी डलरको सटही दर स्थिर रहेर ९६ रूपैँया ६० पैसा नै कायम रहेको छ ।
त्यस्तै, सुन जस्तै चाँदीको मुल्य पनि ५ रूपैंयाले बढेर रू.८ सय ३० मा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।














प्रतिक्रिया