२८ आश्विन २०८३, बुधबार

आइस हक्की संघ गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3काठमाडौं, १ साउन । लोकबहादुर शाहीको अध्यक्षतामा १६ सदस्यीय नेपाल आइस हक्की संघ, तदर्थ समिति गठन भएको छ ।

बुधबार कमलादीस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन मार्फत आइस हक्की संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा असार ३ गते १ सय ४२ औं संघका रुपमा दर्ता भएको जानकारी दिइयो ।

नवगठित संघको उपाध्यक्षमा भूवन पाठक, मनोज मल्ल ठकुरी, मदन केसी, श्रीविक्रम भण्डारी र सुरजविक्रम शाही, महासचिवमा राधेश्याम दाहाल, सचिवमा रामसुदन तिमल्सिना र कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मणिविक्रम शाह, अञ्जना रावल (शाह), विपिका अधिकारी, मुकेश शाही, जीवन बल लामा, अर्जुन लामा तथा राखेप प्रतिनिधि दामोदर अर्याल छन् ।

संघ गठनको घोषणा कार्यक्रमअघि राखेपका सदस्य–सचिव युवराज लामाले दरबारमार्ग रहेको संघको कार्यालयको एक कार्यक्रमबीच बुधबारै विधिवत् उद्घाटन गरेका थिए ।