मस्को, ३२ असार । मस्कोमा मङ्गलबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । उक्त दुर्घटनामा अरु दर्जनौँ घाइते भएका बताइएको छ ।
मङ्गलबार कार्यालय समयमा सो दुर्घटना भएको थियो । मस्कोमा सञ्चालित मेट्रो रेल लिग छोडर खस्दा सो दुर्घटनामा परी हिजो नै तीनजनाको ज्यान गएको थियो ।
उक्त दुर्घटनाको गम्भीर रुपमा अध्ययन गरिएको बताइएको छ । सो अध्ययनपछि मेट्रो रेलका दुई जना कर्मचारी पक्राउ परेका छन् ।
मस्कोका अधिकारीहरुले भनेका छन्– उक्त रेल दुर्घटनाको अध्ययन भइरहेको छ र त्यसमा प्रारम्भिक रुपमा दोषी पाइएका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको छ ।
रसियाको राजधानी मस्कोमा पछिल्ला वर्षहरुमा भएका प्रमुख दुर्घटनाको रुपमा हिजोको सो दुर्घटनालाई पनि लिइएको बताइएको छ ।
मस्कोको रेलमा भएको दुर्घटनामा अझै दर्जनौँ घाइते भएका मस्कोको स्वास्थ्य विभागका अधिकारी जर्ज गोलुखोभले जनाएका छन् ।
मस्को सरकारले मङ्गलबार नै एक छानबीन समिति गठन गरी सो विषयमा अनुसन्धान थालेको अधिकारीहरुले जनाएका छन् । रासस÷एएफपी














प्रतिक्रिया