२८ आश्विन २०८३, बुधबार

बजेट सकारात्मक भएको उद्योग परिसंघको ठहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

finalce

काठमाडौं, ३१ असार । नेपाल उद्योग परिसंघले बजेट सकारात्मक भएको भन्दै बजेटका प्रशंसा गरेको छ । परिसंघले मंगलवार विज्ञप्ती जारी गरी अर्थतन्त्रलाई गतिशिल बनाउँदै उच्च, दीगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्न लगानी प्रवर्द्धन, औद्योगिक पूर्वाधारको विकास, उर्जा संकटको समाधान गर्ने जस्ता कुरामा बजेट सकारात्मक रहको ठहर गरेको छ ।

त्यसैगरी सेजको विकास र विस्तारल, जलविद्युत र सडकजस्ता पूर्वाधारको विकासमा पनि बजेटले जोड दिएको संघको बुझाई छ ।

व्यवसायमैत्री वातावरण सृजनाका लागि आवश्यक कानूनहरु औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्बन्धि ऐन, उच्चस्तरिय सम्पत्ति अभिलेखिकरण कानून एवं विद्युत ऐन र नियमावलीमा संशोधन गर्ने बजेटमा उल्लेख गर्नु सकरात्मक पक्ष भएको परिसंघले जनाएको छ ।

‘तर, प्रस्तुत वजेटमा निकासी प्रवर्द्धनको लागि निश्चित कार्यक्रम र नीति नभएको, वजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै मुद्रास्पिmति ८ प्रतिशतमा राख्ने प्रक्षेपण गरेको भएपनि मुद्रास्पिmतिलाई रोक्ने ठोस संयन्त्र वजेटमा उल्लेख नगरेको जस्ता कुराको भने संघले सामान्य आलोचना गरेको छ ।