काठमाडौं, ३१ असार । रुसको एल्ब्रस हिमाल आरोहण गर्ने अभियानमा रहेका अल्ट्रा धावक एवं आरोही सञ्जय पण्डितलाई नेपाल आइस हक्की संघले आफ्नो लोगो अंककित झण्डा प्रदान गरेको छ ।
संघका अध्यक्ष लोकबहादुर शाहीले सञ्जयलाई सफल आरोहणको शुभकामना दिदै सोमबार झण्डा हस्तान्तरण गरे । सञ्जय सोमबारै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
यसअघि सञ्जयले विश्वकै सर्वोच्च शिखर सगरमाथा, मनास्लु, किलिमान्जारो, नार्गजुन, छुकुंग्री र आइल्यान्ड पिकको सफल आरोहण गरिसकेका छन् ।













प्रतिक्रिया