पोखरा, ३१ असार । कामना विकास बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड एक आपसमा गाभिने भएका छन् ।
पोखराका ती दुइ बैंक र फाइनान्स गाभिनका लागि सैद्धान्तिक सहमति भएको छ ।
सहमतिपत्रमा कामना बैंकका अध्यक्ष राजेन्द्रनिधि कोइराला र ओम फाइनान्सका अध्यक्ष सुशीलकुमार गोशलीले आज हस्ताक्षर गर्नुभएको छ ।
सहमतिअनुसार दुवै वित्तीय संस्था गाभिएपछि राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति हुनेछ भने संस्थाको नाम ओम विकास बैंक लिमिटेड हुने बताइएको छ ।
गाभिएपछिको संस्थाको अध्यक्षमा ओम फाइनान्स लिमिटेडका अध्यक्षमा सुशीलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा कामना बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य र नायब प्रमुख कार्यकारी अधिकृतमा ओम फाइनान्सका महाप्रबन्धक वुद्धि मल्ल रहनुहुनेछ ।
हाल कामना विकास बैंकको रु दुई अर्ब ६० करोड कर्जा लगानी रहेको छ भने ओम फाइनान्सको रु चार अर्ब ४३ करोड निक्षेप तथा रु तीन अर्ब ४६ करोड कर्जा लगानी रहेको बताइएको छ । र













प्रतिक्रिया