रियो दि जेनेरियो, ३० असार । थपिएको अतिरिक्त समयमा गरेको गोलले जर्मनीले आइतबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि चुमेको छ ।
मारियो गोत्जेले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले १-० ले अर्जेन्टिनालाई फाइनलमा हराएर आइतबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि चुमेको हो ।
एक सय १३ औं मिनेटमा मारियो गोत्जेले गरेको गोलले जर्मनीलाई २४ बर्षपछि विश्वकप जितायो । निर्धारित ९० मिनेट रोमाञ्चक रहे पनि दुवै टिमले गोल गर्न सकेनन ।
दुवै टिमले आक्रमक खेले पनि निर्धारित ९० मिनेटमा गोल भने गर्न असफल रहे । अधिकांश समय जर्मनीले बल नियन्त्रणमा राख्न सफल रहे पनि गोलका राम्रा अवसर भने अर्जेन्टिनाले सिर्जना गरेको थियो ।
जर्मनी पहिलोपल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । जर्मनी यसपटक १९७४ र १९९० मा बनाएको जितको इतिहाँस दोहोर्याउदै चौथोपल्ट च्याम्पियन बन्न सफल भयो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिमको इतिहाँस बनाउन समेत सफल रह्यो ।
उत्कृष्ट खेलाडी पुरस्कार
गोल्डेन बल : लियोनल मेसी, अर्जेन्टिना
गोल्डेन बुट : जेम्स रोडि्रग्वेज, कोलम्बिया
उत्कृष्ट गोलकिपर : म्यानुएल नोय, जर्मनी
उत्कृष्ट युवा खेलाडी : पउल पोग्बा, फ्रान्स
– एजेन्सी













प्रतिक्रिया