२८ आश्विन २०८३, बुधबार

तनहुँका कृषकलाई रोपाइको, सरकारी कार्यालयलाई चाँही विकासको चटारो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanahu-1

तनहुँ, २९ असार । असार महिनाको अन्तिम अर्थात मानो रोपेर मुरी फलाउने समय । यही मेहेरोमा तनहुँका कृषकलाई खेत रोप्ने चटारोले समातेको छ । तर, सरकारी कार्यालयलाई भने कृषकको जस्तो खेत रोप्ने चटारोले पिटिक्क छुन सकेको छैन । उनीहरुलाई चाँही विकासको चटारोले छपक्क छोपेको छ ।

तनहुँको सरकारी कार्यालयहरूले विकास निर्माणमा रु ३८ करोड ५५ लाख ६५ हजार ७ सय ३० खर्च गरेका छन् । काम नगरे रकम फ्रिज हुन्छ भन्ने मान्यताले असारमा बढी मात्रामा काम र रकम खर्च हुने गरेको छ ।

जिल्लामा पँुजीगत विकासतर्फ रु ५४ करोड ९४ लाख ८१ हजार ६८० आएको थियो । सम्बन्धित प्राविधिकका अनुसार वातावरणीय दृष्टिले असारमा बढी वर्षा हुने भएकाले माटोमा डोजर चलाउन अनुपयुक्त हुन्छ । लगातार पानी परिरहने समयमा गरिने कालोपत्र त्यति टिकाउ पनि हुँदैन ।

हाल कतिपय काम झरीमा रुझ्दै भएका छन् । जसले गर्दा गुणस्तरहीन काम बढी भएको छ । यसको प्रमाण हालै पृथ्वीराज मार्गमा पर्ने खैरेनीटार बजार क्षेत्रमा गरिएको २०० मिटर कालोपत्र भोलिपल्टै भत्किनुले पुष्टी गर्दछ । जसले गर्दा ठेक्का लिएको विके इन्जिनियरिङ काठमाडौँले भत्किएको कालोपत्र पुनः बनाएको छ ।

कमसल अलकत्रा र ग्राभेल राखिएकाले भत्किएको स्थानीय बासिन्दाको आरोप छ । ठेकेदारले स्टमेटअनुसारको काम नगरेको पाइएकाले अनुगमनपछि पुनर्निर्माण गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले बताउनुभयो । योबाहेक गुणस्तरहीन काम गरेको अन्य ठाउँबाट भने उजुरी नआएको प्रजिअ विकले जानकारी दिनुभयो ।

प्रतिकूल भए पनि बजेट धैरै फ्रिज हुनबाट जोगाउन प्रयास गरेकाले हाल विकास बजेट बढी भइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । चालु बजेट रु दुई अर्ब ७८ करोड ५८ लाख ८ सय २३ रहेकामा बुधबारसम्ममा रु दुई अर्ब ६३ करोड ९१ लाख ४१ हजार ४८ निकासा भएको कोष नियन्त्रक अमृत बगालेले बताउनुभयो ।

गत बुधबारसम्म जिल्लामा रु २६ करोड ६८ लाख ६४ हजार ७६४ राजस्व असुली भएको नियन्त्रक बगालेले जानकारी दिनुभयो ।