२८ आश्विन २०८३, बुधबार

विश्वका सात अर्ब मानिसको ध्यान खिच्दै अर्जेन्टिना र जमर्नी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2-big-game-final

काठमाडौं, २९ असार । अहिले विश्वका सात अर्ब मानिसलाई कुनै न कुनै रुपमा विश्वकप फुटबलको रन्कोले छोएको छ ।

त्यसको प्रत्यक्ष छायाँ नेपालमा पनि परेको छ । चिया पसलदेखि ठूला होटलसम्म अनि सडकदेखि महलसम्म चर्चा छ त्यही फुटवलको ।

ब्राजिलमा हुने फुटबलको महाकुम्भ आज राती उत्कर्षमा पुग्ने छ । त्यो उत्कर्षसँगै युरोपियन र लेटिन अमेरिकी राष्ट्रबीच हुने विश्वकप फुटबलको अर्को एउटा संस्करणको फाइनल खेलमा उपाधि कसले जित्ला भन्ने उत्सुकता विश्वभर छ ।

जर्मनी र अर्जेन्टिनाबीच आइतबार राति फाइनल भिडन्त हुँदैछ ।
ब्राजिलमा जारी विश्वकप फुटबको २०औं संस्करणको फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेसँगै विश्व फुटबलमा महादेशीय टक्कर पनि बढेको छ ।

यसअघि नै विश्वकपको फाइनलमा दुई पटक भिडिसकेका यी टोली विश्वकप फुटबलको फाइनलमा एक–आपसमा तेस्रो पटक भिड्न लागेका हुन् । एउटामा अर्जेन्टिना र अर्कोमा जर्मनी विजयी हुँदै उपाधि उचालेका यी टीमको विगत पनि रोमाञ्चक देखिएको छ ।

सन् १९८६ मा मेक्सिकोमा भएको फाइनलमा जर्मनीलाई ३–२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो भने यसको ४ वर्षपछि सन् १९९० मा इटालीको रोममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको थियो ।

फाइनल खेलले विश्व फुटबलका दुई परम्परागत प्रतिद्धन्द्धी अर्जेन्टिना र जर्मनीबीचको सदावहार दुश्मनीलाई नवीकरण गर्नेछ ।
आठ पटक विश्वकपको फाइनलमा प्रवेश गरेर तीन पटक उपाधी उचालेको जर्मनी चौथो पटक उपाधि उचाल्ने लक्ष्यमा छ भने पाँचौ पटक फाइनलमा पुगेको अर्जेन्टिना तेस्रो उपाधि उचाल्ने ध्यानमा छ ।

जर्मनीका थोमस मुलर र अर्जेन्टिनाका लियोनल मेसी मध्य कसले आफ्नो टीमलाई उपाधी जिताउने हुन भन्ने अड्कल पनि आ–आफ्नै खालको छ । सबैको चर्चा आज रातीबाट समाप्त हुने छ ।