काठमाडौँ, २८ असार । अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा प्रस्तुत हुने बजेटका बारेमा राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउनु भएको छ ।
शनिवार राष्ट्रपति भवन शितल निवास मै पुगेर उहाँले बजेटबारे जानकारी गराउनु भएको हो । संसदमा बजेट प्रस्तुत गर्नुअघि राष्ट्रपतिलाई जानकारी गराउने चलन छ ।
अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०७१र०७२ को बजेट आइतबार ४ बजे संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी बजेट ६ खर्ब रुपैयाँको हुने छ ।














प्रतिक्रिया