२८ आश्विन २०८३, बुधबार

ट्रफी बार्सिलोनाको टिममेट लिओनल मेस्सीले जितोस्ः नेयमार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neymar7

काठमाडौँ, २७ असार । आफ्नै घरेलु मैदानमा २० औँ संस्करणको जारी विश्वकप फुटवलको उपाधी उचाल्ने ब्राजिलको सपनालाई जर्मनीले चकनाचुर बनाइदियो ।

कोलम्बियाविरुद्धको क्वाटरफाइनलका क्रममा ढाडको एउटा हड्डी भाँचिएका कारण विश्पकप गुमाएका ब्राजिलियन सुपरस्टार मैदानमा आएका भए जर्मनीलाई ब्राजिलले हराउन सक्थ्यो भन्ने तर्क धेरैले गरेका छन् ।

सायद हारको पीढा भुल्न नसकेर होला नेयमारले विश्वकप फुटबलको ट्रफी बार्सिलोनाका टिममेट लिओनल मेस्सीले जितोस् भनेका छन् । निकै भावुक रुपमा पत्रकारहरु सामू उपस्थित भएका नेयमारले मेस्सीको इतिहास खेलका लागि महत्वपूर्ण भएको सुनाए ।

‘मेसीले लगभग सबै जितिसके,’ नेयमारले भने, ‘मलाई लाग्छ उनी च्याम्पियन हुन लायक छन् । म उनी च्यम्पियन होस् भनेर कामना गरिरहेको छु ।’ आफूले अर्जेन्टिनाका लागि नभइ बार्सिलोना टिममेट मेस्सीका लागि कामना गरेको उनको दाबी थियो ।

कोलम्बियाविरुद्धको खेलका क्रममा आफू घाइते भएको क्षणको कुरा गर्दा नेयमार निकै भावुक भए । उनको आँखा रसाएका थिए र पटक(पटक हातले आँसु पुछिरहे ।
कोलम्बियाका डिफेण्डिर जुनियाले ढाडमा घुँडाले हानेपछि उनको मेरुदण्डको एउटा हड्डी भाँचिएको थियो ।

भगवानले आफूलाई आर्शिवाद दिएको भन्दै नेयमारले भने–यो दुई सेन्टिमटरमाथि भएको भए म अहिले हृवील चेयरमा हुन्थेँ ।’
घटनापछि जुनियाले आफूसँग माफी मागेको भन्दै नेयमारले आफूले उनलाई घृणा नगर्ने बताए । उनले भने–उनले मलाई पीडा दिन चाहेको थियो भने मलाई थाहा छैन ।

तर, यदि तपाई फुटबल बुझ्नुहुन्छ भने यो सामान्य ट्याकल थिएन ।’