२८ आश्विन २०८३, बुधबार

विवाहपछि फ्लप…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vidya-balan

भनिन्छ, विवाह पछि मान्छेको भाग्य नै खुल्छ। तर बलिउडकी डर्टी गर्ल विद्या वालनका लागि भने यो भनाई फलिफाप नै भएन। गत शुक्रबार रिलिज भएको उनी अभिनित फिल्म ‘बोबी जाशुस’ले बक्स अफिसमा फ्लप कारोबार गरेपछि उनको फिल्मी करियरबारे प्रश्न चिन्ह खडा भएको छ।

समाचार अनुसार विद्याले यो फिल्ममा काम गर्दा आफ्नो करियर नै दाउमा राखेकी थिईन्। रमाइलो कुरा त के छ भने सिद्धार्थ रोय कपुरसँग विवाह गरेपछि उनको यो तेस्रो फिल्म फ्लप भएको छ। यसअघि उनी अभिनित र राजकुमार गुप्ताद्वारा निर्देशित ‘घनचक्कर’ र फरहान अख्तरको फिल्म ‘शादीके साइड इफेक्ट्स’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थिएन।

‘बोबी जासुस’ले पहिलो दिन १ दशमलब २५ करोडको ओपनिङ गरेको थियो भने दोस्रो र तेस्रो दिनमा क्रमशः १ दशमलब ६० र २ दशमलब २४ करोड कमाएको थियो। यो फिल्मले आफ्नो लगानी त के, फिल्मको प्रमोशन खर्च पनि उठाउन सकेको छैन्।