सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

पाकिस्तानमा लडाकूमाथि कारवाहीमा आठ लाखभन्दा विस्थापित

दैनिक नेपाल २०७१ असार २५ गते १९:५२

pakistan_map_kohat

पेसावर (पाकिस्तान), २५ असार । पाकिस्तानको आदिवासी क्षेत्रमा सरकारी सेनाबाट तालिवान लडाकूमाथि आक्रमक कारवाही आरम्भ भएपछि आठ लाख भन्दा बढी व्यक्ति विस्थापित भएको जानकारी अधिकारीहरूले दिएका छन् ।

हजारौँ परिवार उत्तरी वजिरिस्तानको आदिवासी क्षेत्रबाट नजिकैको नगर बानु पुगेको बताइएको छ ।

यसैगरी जुनको मध्यदेखि उक्त आक्रमण आरम्भ भएपछि सयौँ व्यक्ति लक्की मारवात, काराक, देरा इस्माइल खान नगर पुगेको बताइएको छ ।

पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले दोहोरो नाम उल्लेख भएका व्यक्तिको नाम घटाउँदै गरेको अधिकारीहरूले बताएका छन् । यसरी विस्थापित हुने व्यक्तिको सङ्ख्या घट्नसक्ने बताइएको छ ।

सरकारी सेनाले उत्तरी वजिरिस्तानमा सैनिक, ट्याङ्क, तथा जेट विमान प्रयोग गरिरहेका छ र उसले लडाकूहरूको बलियो नियन्त्रण भएको क्षेत्रबाट उनीहरूलाई हटाउने दृढता व्यक्त गरेको छ । यी लडाकूहरूले पाकिस्तान अनेकौँ आक्रमण गरेका छन् ।

एफडीएमएका महानिर्देशक अस्रद खानले करिब आठ लाख ३३ हजार २७४ व्यक्ति वा ६६ लाख ७२६ परिवार उत्तरी बजिरिस्तानबाट विस्थापित भएको र उनीहरूले मङ्गलबार साँझसम्म आफ्नो नाम दर्ता गराएको बताउनुभयो ।

उहाँले यसमा तीन लाख ६१ हजार ४५९ बालबालिका परेको र दुई लाख ४८ हजार ६३३ महिला परेको बताउनभयो ।

मङ्गलबार सेनाले देगान गाउँमा विद्रोही लुकेर रहेको सात स्थानलाई नष्ट गरिएको र यसमा १३ विद्रोहीको मृत्यु भएको जानकारी दिएको छ ।

हालसम्म ३९९ लडाकू तथा २० सैनिकको मृत्युभएको बताइएको छ ।

हाल यस क्षेत्रमा पत्रकारहरूको प्रवेश निषेध रहेको छ । यसले यहाँ मर्ने व्यक्तिहरूको सङ्ख्या र उनीहरूको पहिचान पुष्टि गर्न कठिन छ ।

गत महिना कराची विमानस्थलमा लडाकूहरूले आक्रमण गरेपछि जुन १५ मा उक्त कारवाही आरम्भ भएको हो । उक्त आक्रमणमा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो । यसले पाकिस्तान सरकार तथा तालिवानबीच चलिरहेको शान्ति वार्तालाई अन्त्य गराइदिएको थियो ।

यहाँको विस्तृत पहाडी क्षेत्र अलकायदा, पाकिस्तानको आफ्नै तेहरिक–ए–तालिवान पाकिस्तानका साथै उज्बेक तथा उइघुरसहित अन्य विदेशी लडाकू गरी सबै प्रकारका इस्लामी लडाकूको भूमिगत आश्रय बनेको छ । रासस÷एएफपी

प्रतिक्रिया
सम्बन्धित