काठमाठौं, २५ असार । आयोजक ब्राजिललाई ७–१ को अविश्वसनीय गोलअन्तरले पराजित गर्दै जर्मनी विश्वकपको फाइनल पुगेको छ ।
युरोपको पावरहाउका रुपमा परिचित जर्मन टिमले ब्राजिललाई घरेलु मैदानमा आज (बुधबार) विहान पराजित गरेको हो । घरेलु समर्थकको अपार समर्थनका बाबजुद ब्राजिल भारि गोलअन्तरले पराजित हुन पुगेको छ ।
जितसँगै जर्मनी सन् २००२ यता पहिलो पटक फाइनलमा पुगेको छ । जर्मनीले विश्वकप २०१४ को आफ्नो दावीलाई झन् मजवुत बनाएको छ ।
एतिहाँसिक र लज्जास्पद हारपछि ब्राजिलको विश्वकप–२०१४ को सपना चकनाचुर भएको छ । अब ब्राजिलले आफ्नो हारको समीक्षा गर्ने छ ।
जर्मनीका लागि विश्वकप झनै नजिकिएको छ । जर्मनीले पहिलो हाफमा छ मिनटको अन्तरमा चार गोल गरेको थियो । पहिलो हाफको अन्त्यमा जर्मन पाँच गोलले अगाडि थियो ।
थोमस मुलरले ११ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । जारी विश्वकपमा थोमसको यो पाँचौ गोल हो । मिरोस्लाभ क्लोजले २३ औँ मिनटमा दोस्रो गोल गरेर र यसक्रममा एतिहाँसिक उपलब्धी हात पारे । उनी विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने खेलाडी भएका छन् ।
जर्मनीका टोनी क्रुसले २४ र २६, खडेराले २९ तथा आन्दे्रयी स्कालरले ६९ र ८९ औँ मिनटमा गोल गरे ।
खेलको अन्त्यतिर ब्राजिलका लागि ओस्कारले एक गोल फर्काएका थिए । ब्राजिलका समर्थकले लज्जास्पद हारलाई ठूलो धक्काका रुपमा लिएका छन् ।














प्रतिक्रिया