सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

इराकमा आठजना मारिए

दैनिक नेपाल २०७१ असार २४ गते १६:३१

iraq-map

बाग्दाद, २४ असार । इराकमा हालैमात्र जारी रहेको हिंसाकाबीच सोमबार भएका आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको समाचार छ ।

इराकका विभिन्न स्थानमा भएका छु«ट्टाछुट्टै बम र गोली प्रहारमा ती व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

इराकको राजधानी बग्दाददेखि पश्चिममा पर्ने रामादीमा भएको एक आत्मघाती आक्रमणमा परी सातजना व्यक्तिको मृत्यु भएको बताइएको छ । साथै सो आक्रमणमा परी अन्य आठ घाइते भएका छन् ।
पश्चिम आन्वार प्रान्तको रवा सहरमा पनि अज्ञात बन्दुकधारीको गोली प्रहारबाट केही प्रहरी घाइते भएको अर्काे एक समाचारमा उल्लेख गरिएको छ ।

उत्तरी बाग्दाददेखि २५० मिटर उत्तरमा पर्ने दक्षिणी किर्कुक गस्तीमा रहेको कुर्दिस सुरक्षा बलमाथि गरिएको आक्रमणमा पनि एकजना व्यक्तिको मृत्यु भएको छ ।

इराकमा केही वर्षयता भिषण हिंसा चर्किदै गएको छ । इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनकाअनुसार गतवर्ष इराकमा भएका विभिन्न हिंसामा आठ हजार ६६८ इराकीको मृत्य भएको थियो ।
मारिनेमा सात हजार १८८ सर्वसाधारण र बाँकी सुरक्षाकर्मीहरू रहेका थिए । सन् २०१३ लाई इराकमा उच्च हिंसाको वर्षको रुपमा लिइएको छ ।

हालैका दिनमा इराकी सुन्नी समुदायका लडाकूहरुले विभिन्न सहर कब्जा गर्ने रणनीति अपनाइरहेकोले झनै हिंसाको त्रास फैलिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित