२८ आश्विन २०८३, बुधबार

एन्फा अध्यक्ष गणेश थापा अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh Thapas

काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अध्यक्ष गणेश थापाविरुद्ध परेको भ्रष्टाचारको उजुरीमा छानबिन सुरु गरेको छ ।

अख्तियारको टोलीले एन्फाको बैंक खाताहरुको विवतरण संकलन गर्ने काम सुरु गरेको स्रोतले बतायो । ‘समितिले अहिले बैंकहरुलाई अनुरोध गरी खाता विवरण झिकाउने काम गरिहेको छ, स्रोतले भन्यो, ‘अहिलेसम्म प्राप्त भएको विवरण हेर्दा एउटै बँैकमा दुई भन्दा बढी खाता भएको पाइएको छ, जुन नियम विपरित हो ।’

ती खाता मार्फत भएका आर्थिक कारोबारको अध्ययन हुन बाँकी छ । खेलकुद मन्त्रालयले पनि उपसचिव रामबहादुर हमालको संयोजकत्वमा छानबिन समिति बनाई अनुसन्धान प्रक्रिया अघि बढाएको छ । समितिले एन्फाबाट विभिन्न कागजात झिकाएको बुझिएको छ । समितिले ५ दिनभित्र आर्थिक कारोबार सम्बन्धि कागजपत्र उपलब्ध गराउन एन्फालाई पत्राचार गरेको थियो ।

यद्यपी एन्फाले ढिला गरी त्यसको जवाफ दिएको छ । गत जेठ २६ मा एन्फाका उपाध्यक्षद्वय कर्माछिरिङ शेर्मा र विजयनारायण मानन्धरलगायतले अध्यक्ष थापाविरुद्ध अख्तियारमा भ्रष्टाचारको छानविन गर्न मागसहित मुद्दा दर्ता गराएका आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।