२८ आश्विन २०८३, बुधबार

श्रीकृष्णले रियल लाइफमा स्वेताको सिउँदो रङ्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweta-and-shree-in-bihe

काठमाडौँ, २३ असार । रिल लाइफमा दर्जनौँको सिउँदो रङ्याएका श्रीकृष्ण श्रेष्ठले रियल लाइफमा पहिलो पटक नायिका स्वेता खड्काको सिउँदो रङ्याएका छन् ।

लामो समयदेखि प्रेम सम्वन्ध गाँस्दै आएका श्रेष्ठ र खडु्काले सोमवार गौशालाको एक होटलमा बिहेलाई पूर्णता दिएका हुन् ।

चलचित्र कहाँ भेटिएलामा एकसाथ काम गरेपछि नजिक भएका स्वेता र श्रीकृष्ण सोमवार दुबैका परिवार र केही आफन्तलाई साक्षी राखेर बिवाह बन्धनमा बाँधिएका हुन् ।

एक महिना अघि मात्र स्वेता र श्रीकृष्णले बिहे गर्न लागेको सार्वजनिक गरेका थिए । दुइले एकसाथ अभिनय गरेको नयाँ चलचित्र ‘कोहिनुर’ छिट्टै सावैजनिक हुँदैछ ।